२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ७५ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७३ जना र ११ देखि २० वर्षका १९४ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५८५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५२२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३७६, ५१ देखि ६० वर्षका २७९ जना, ६१ देखि ७० का १४६ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १०१ जना, ८० देखि माथिका ४६ जना रहेका छन् । त्यस्तै ४ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७३९ जना आईसीयूमा र १६८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार