२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ ललिता पौडेलको अभियनमा बिष्णु माझीको ‘चरी जेलैमा’ चर्चामा (भिडियो सहित)

ललिता पौडेलको अभियनमा बिष्णु माझीको ‘चरी जेलैमा’ चर्चामा (भिडियो सहित)

सुमन ढकाल,काठमाडौँ । सांगितिक बजारमा बिष्णु माझी निकै चर्चित गायिकाको रुपमा चिनिन्छिन् । सालको पातले तहल्का पिटेसंगै यतिबेला पुतलीको भट्टी १७ “चरी जेलैमा नामक तीज बिशेष गीत सार्बजनिक भएको २४ घण्टामै चर्चा पाएको छ ।

२४ घन्टा पनि नबित्दै सुन्दरमणि अधिकारिको सुन्दर शब्द / संगीतमा रहेको गीतमा मौलिकपन सजिएको छ । टिकटक देखी युटुवसम्म यतिबेला निकै तहल्का मच्चाइरहेको छ। गाउँघरका शब्द अनि गाउले केटी सहरिया केटासंग बिहे गरे पश्चात केटीले भोगेको कस्टकर जीवनको चित्रण गरिएको यस गीत पिजडाको चरी झैँ चेली पराइको बन्धनमा जेलिएको कथा यस गीतमा सुन्न सकिन्छ |

“चरी जेलैमा” मै छोरी रुदै रुदै बेशि मेलैमा गीत सुन्दा मज्जा आउने गित बनेको छ। भिडियो निर्देशक शिव बिक को निर्देशनमा रहेको यो गित निकै मिहनेत गरेर बनाइको बताइएको छ। सुरुवात देखी अन्तिम सम्म सलल बगेको कथा भित्र आकर्षक नृत्य संयोजन हेर्न लायक छ । ललिता पौडेलको मुख्य भूमिका अभिनय रहेको भिडियोमा सुन्दरमणि अधिकारिको पनि भूमिका रहेको छ । शम्भु चालीसेले भिडियो छायांकन गरेका हुन् भने भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार