२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस

आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ? हेर्नुहोस

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ४२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४४ जना र ११ देखि २० वर्षका १६० जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ५०७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ५३२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३३८, ५१ देखि ६० वर्षका २१७ जना, ६१ देखि ७० का १४० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १०१ जना, ८० देखि माथिका ३२ जना रहेका छन् । त्यस्तै ८ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ७१४ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार