गृहपृष्ठ क्रिकेट टिमको घोषणा, बलर गुलशन झा पहिलो पटक टोलीमा
क्रिकेट टिमको घोषणा, बलर गुलशन झा पहिलो पटक टोलीमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ ।
क्यानले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो ।
बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् ।
नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।
सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।






