२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग

लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सले शुक्रबार तिलोत्तमा नगरपालीका कोटिहवा स्थीत अभिनास अनाथ आश्रममा सहयोग गरेको छ । लायन्स बुटवल स्टार्सका सचिव राजन जि.सिको जन्मदिनको अवसर पारेर हड्डगर प्रोग्राम शुक्रबार अनाथ आश्रमा सहयोग गरिएको अध्यक्ष अन्जिल खानले बताए ।

क्लबले आश्रमा सोयाबोडि,तेल, प्याज, खाना पकाउने ग्यास ,सिलीङ पंखा ,जुस लगाएका खाद्यन सामाग्री क्लबका अध्यक्ष अन्जिल खानले अभिनास अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली हस्तारण गरिएको संयोजक अब्दुल सलामतले बताए ।  कार्यक्रममा बोल्दै अध्यक्ष खानले भने हामीभन्दा कम आयस्रोत गरिब अति बिपन्न बर्गलाई सहयोग  गनुपर्ने र मरेर लैजानु केही छैन समाजमा सामाजीक कार्य गर्नुपर्ने स्टार्सको मुल मन्त्र “ जहाँ दुःख छ त्यहाँ पुग्छ ”र लायन्स अन्तराष्ट्रिय नारा हामी सेवा गर्छौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै शुक्रबार सहयोग गरिएको बताए ।

कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका सेकेन्ड भिडिजि नवराज न्यौपानले कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्येश्यको साथ सामाजीक कार्यमा स्टार्सले कुनै कसर बाकि नराखि विपन्न वर्गलाई खाद्यान्न वितरण गर्ने काम सराहनीय रहेको बताए ।

त्यसतै कार्यक्रमा ए.ओ.जि तथा क्लबका पुर्ब अध्यक्ष आशिष कृष्ण श्रेष्ठ ,रिजन चियर पर्सन तथा क्लबका पुर्ब अध्यक्ष एम एल पान्डे,पुर्ब अध्यक्ष दिपक भट्टराई द्धितिय उपाध्यक्ष भुपेन्द्र अर्याल लगाएत बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार