२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ – गुलशन, को हुन गुलशन?

ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ – गुलशन, को हुन गुलशन?

काठमाडौं । पहिलो पटक नेपाली राष्ट्रिय टिममा परेका बलर गुलशन झाले ओमानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको बताएका छन् ।

टियु क्रिकेट मैदानमा आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै गुलशनले ओमानमा टिमलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा घरेलु टिम र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । उक्त सिरिजका लागि गुलशन पहिलो पटक राष्ट्रिय टिममा अटाएका हुन्।

‘ट्रेनिङ राम्रो गईरहेको छ । सबैको ट्रेनिङ राम्रो भईरहेको छ । आफ्नो टिमलाई राम्रो भन्दा राम्रो प्रदर्शन गरेर देखाउने सोचेको छु । यहाँ  जे सिकेको छु त्यहिँ देखाउने छु,’ गुलशनले भने ।

नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण उनले टिमको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका थिए ।

गुलशनले पहिलो पटक राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताए ।

‘अहिले नै राष्ट्रिय टिममा पर्ने सोचेको थिएन। तर, म तयारी गरिरहेको थिए कुनै बेला मौका आउछ भनेर । नाम हेरेर धेरै खुसी लागेको थियो,’ गुलशनले भने ।

यस्तै गुलशनले बन्द प्रशिक्षणमा आफुले धेरै कुरा सिकेको बताए । प्रशिक्षक डेभ वाट्मोरले धेरै कुरामा सहयोग गरेको उनले बताए ।

‘क्याम्प आएपछि धेरै कुरा सिक्न पाएको छ । ब्याटिङ, बलिङ र अनुशासनमा धेरै कुरा सिकेको छु । प्रशिक्षकले धेरै सपोर्ट गर्नु भएको छ । गल्ति भयो भने सिकाउनु हुन्छ,’ उनले थपे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार