२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले महिला टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको बताए ।

महासचिव  तुलाधरले नेपाली टोलीले बंगलादेशी टोलीसँग सेप्टेम्बर ९ र १२ (भदौ २४-२७) गते दशरथ रंगशालामा खेल्ने बताए ।

‘नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल्ने पक्का भएको छ ।  सेप्टेम्बर ९ र १२ मा खेल हुनेछ ।  खेल काठमाडौंमै हुन्छ,’ उनले भने ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्न लागेको हो ।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना,  रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

 नेपाली टिम :

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार