२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ तेस्रो टेस्ट आजदेखि : रुटलाई खेल्नु नै ठूलो

तेस्रो टेस्ट आजदेखि : रुटलाई खेल्नु नै ठूलो

काठमाडौं ।  इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट आज बुधबारदेखि सुरु हुँदैछ र घरेलु टिमको लक्ष्य हुनेछ, सिरिजमा फर्कने । पाँच टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ र उसको लक्ष्य भने आफ्नो अग्रता अझ फराकिलो गर्ने हुनेछ ।

इंग्लिस कप्तान जोए रुट भने अझै पनि सिरिजमा आफ्नो टिमको सम्भावनालाई जीवन्त देख्छन् र मान्छन्, उनका लागि आफ्नो देशका लागि खेल्नु पाउनु नै ठूलो हो ।

यसपल्ट टेस्ट हेडिङ्ल हुँदैछ र त्यस अगाडि घरेलु टिमलाई चोटको मार परिरहेको छ । फास्ट बलर मार्क उड पनि चोटका कारण नखेल्ने भएपछि झन गाह्रो भएको हो । दोस्रो टेस्टमा चौका बचाउने क्रममा डाइभ गर्दौ विज्ञापन बोर्डमा ठोकिएका थिए र यसैक्रममा चोटग्रस्त भएका थिए । इंग्ल्यान्डले यसअघि चोटकै कारण स्टुवार्ट ब्रड, क्रिस उक्स र ओली स्टोनलाई गुमाइसकेको छ ।

Joe Root drives through the covers, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

बेन स्टोक्सले पनि अनिश्चित समयका लागि विश्राममा छन् । मानसिक स्वास्थ्यका कारण उनी उपलब्धी छैनन् । इंग्ल्यान्डका लागि माथिल्लो क्रममा रन बनाउने रुट एक्ला खेलाडी रहेका छन् । अन्य प्रमुख ब्याट्सम्यान भने लगातार असफल छन् । यस्तोमा इंग्ल्यान्डका लागि माथिल्लो क्रमको ब्याटिङ नै प्रमुख समस्या रहेको छ ।

टेस्टको पूर्व संन्ध्यामा रुट भन्छन्, ‘म इंग्ल्यान्डका लागि खेलिरहेको छुं र त्यो टेस्ट क्रिकेट हो । यो अर्थमा पनि कोही कसैका लागि सकारात्मक रहन ठूलो कारण हुन सक्छ । मेरो लागि सानो छँदादेखि इंग्ल्यान्डका लागि खेल्ने सपना थियो । म त्यही पूरा गरिरहेको छुं । तर म के पनि मान्छुं भने अहिले समय टिम अनुकुल छैन् र स्थिति गाह्रो छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार