गृहपृष्ठ आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
आज बुधबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४८२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २० जना र ११ देखि २० वर्षका १६० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ४४१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ४५६ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३०२, ५१ देखि ६० वर्षका २१३ जना, ६१ देखि ७० का १३६ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९५ जना, ८० देखि माथिका ३६ जना रहेका छन् । त्यस्तै ३ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ६१० जना आईसीयूमा र १६१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





