२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ एरिक्सनको ज्यान बचाउने कप्तान र मेडिकल टिमलाई यूईएफएको अवार्ड

एरिक्सनको ज्यान बचाउने कप्तान र मेडिकल टिमलाई यूईएफएको अवार्ड

युरोकप २०२० फुटबल दौरान हृदयघात भएर मैदानमा लडेका मिडफिल्डर क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डेनमार्कका कप्तान सिमोन जायर र मेडिकल टिमलाई ‘यूईएफए प्रेसिडेन्ट्स’ अवार्ड प्रदान गरिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२१ को अवार्ड एरिक्सनको ज्यान बचाउन योगदान दिने सिमोन र मेडिकल टिमलाई प्रदान गरेको हो।

गत जुनमा कोपनहेगनमा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सन हृदयघात भएपछि मैदानमा ढलेका थिए । एरिक्सन मैदानमा लडेपछि कप्तान सिमोनले मेडिकल टिम बोलाउदै मैदानको स्थिति नियन्त्रण गरेका थिए ।

मेडिकल टिमले २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।

अहिले एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ ।

इटालियन क्लब इन्टर मिलानका एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्किएका छैनन्  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार