गृहपृष्ठ ओमानमा नेपाली क्रिकेट टिमको प्रशिक्षण (फोटो फिचर)
ओमानमा नेपाली क्रिकेट टिमको प्रशिक्षण (फोटो फिचर)
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला ओमानमा रहेको छ ।
मंगलबार विहान काठमाडौंबाट सलाम एयरमार्फत ओमान प्रस्थान गरेको नेपाली टोलीका १७ खेलाडी र ५ अफिसियल गरि २२ जनाकै पीसीआर रिपोर्ट बुधबार नेगेटिभ आएको थियो ।
ओमानमा विहीबार नेपाली टिमले प्रशिक्षण गरेको छ । त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुईवटा एक दिवसीय म्याच खेल्ने छ ।
नेपालले पीएनजीसँगको पहिलो खेल यही भदौ २० र दोस्रो खेल २३ गते खेल्नेछ । नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।
तस्वीर : नेपाल क्रिकेट संघ










