२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ एमबाप्पे रियलमा ? अनुबन्धको लागि रियलको अर्को प्रस्ताव

एमबाप्पे रियलमा ? अनुबन्धको लागि रियलको अर्को प्रस्ताव

युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग दोस्रो पटक प्रस्ताव राखेको छ ।

रियलले फ्रेन्च फरवार्ड अनुबन्धका लागि १ सय ७० मिलियन युरोको दोस्रो प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ । यस्तै १० मिलियन बोनसको ग्यारेन्टी समेत गरिएको बताईएको छ ।

यस अघि रियलले १ सय ६० मिलियन युरोको आधिकारिक प्रस्ताव गरेको थियो । तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो ।

स्पेनिस जाइन्ट रियल एमबाप्पे अनुबन्धको लागि निकै प्रयास गरिरहेको छ । पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताईएको छ ।

पीएसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्षसम्म रहेको छ । उनले सम्झौता थप गरेका छैनन् ।

पीएसजीले हालै लियोनल मेस्सी अनुबन्ध गरेको छ । र, एमबाप्पेलाई समेत क्लबमै राख्न चाहन्छ ।

२२ वर्षीय फरवार्डले पीएसजीका लागि यस सिजन ३ खेलमा १ गोल गरिसकेका छन् ।

एमबाप्पे २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए । एक सिजन लोनमा खेलेका एमबाप्पे २०१८ मा स्थायी खेलाडीको रुपमा अनुबन्धित भएका थिए ।

पीएसजीका लागि उनले १ सय ७४ खेलमा १ सय ३३ गोल गरेका छन् ।

विश्वकप विजेता एमबाप्पेले पीएसजीका लागि ३ लिग वन उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार