गृहपृष्ठ अफगानिस्तानमा बिष्फोटनका सम्लग्नले ठुलो मुल्य चुकाउनु पर्ने बाईडेनको चेतावनी
अफगानिस्तानमा बिष्फोटनका सम्लग्नले ठुलो मुल्य चुकाउनु पर्ने बाईडेनको चेतावनी
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ८० पुगेको छ ।
घटनामा अमेरीकी सैनीक अधिकारी सहित २ सय भन्दा बढी घाइते रहेको काबुलका स्वास्थ्य अधिकारीले बताएका छन्।
अमेरीकी रक्षा मन्त्रालय पेन्टागनले मारिनेमा १३ जना अमेरिकी सैनिकहरु सहित स्वास्थ्यकमीृहरु समेत रहेको बताएको छ।
विस्फोटमा ११ अमेरिकी सैनिक र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो ।
सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।
विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने सुचना पाएका अमेरिका र बेलायत लगायतले आफ्ना नागरिकलाई सयर्क रहन सुचना जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो ।
स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो ।
उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए।त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्यद्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो।
बिष्फोटनका घाईतेहरुलाई सर्बसाधारणले ठेलामा राखेर उद्धार गदै अस्पताल लादै गरेको बिभत्स दृष्य सार्वजनीक भएका छन यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् ।
उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारेका छन। बाईडेनले बिष्फोटनमा संम्लग्नहरुले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।





