२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ पारस खड्का कस्मस कलेजको ब्राण्ड एम्बेसडर

पारस खड्का कस्मस कलेजको ब्राण्ड एम्बेसडर

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कस्मस कलेजको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

पारस खड्काले गत महिना मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यसापछि पारस पहिलोपटक कस्मस कलेजको ब्राण्ड एम्बेसडरको रुपमा आएका हुन् ।

ब्राण्ड एम्बेसडर भएसँगै पारस खड्का कस्मस कलेजको प्रमोसनको कार्यक्रमहरुमा सहभागि हुनेछन् ।

यस्तै पारस खड्काले स्थापना गर्न लागिएको क्रिकेट एकेडेमीलाई कस्मस कलेजले सहयोग गर्नेछ ।

कलेजले क्रिकेट एकेडेमीमा रहेका खेलाडीहरुलाई शिक्षामा ५० प्रतिशत र एकेडेमीमार्फत राष्ट्रिय टिममा पुगेका खेलाडीहरुलाई शतप्रतिशत छुट दिने सम्झौता भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार