२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ अफगानिस्तानका ओमारजाईले ललितपुरबाट ईपीएल खेल्ने

अफगानिस्तानका ओमारजाईले ललितपुरबाट ईपीएल खेल्ने

अफगानिस्तानका अज्मतुल्लाह ओमारजाईले ललितपुर प्याट्रिओट्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । सोमबार डिफेण्डिङ च्याम्पियन ललितपुरले ओमारजाईले आगामी असोजमा हुने चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो ।

ललितपुरले यसअघि नै इंग्ल्याण्डका एलेक्स ब्लेक र भुटानका रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्ध गरिसकेको छ ।

ईपीएल टी–२० असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । लिगमा हरेक फ्रेन्चाइजले प्लेइङ ११ मा तीन जना विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्नेछ ।

२१ वर्षीय ओमारजाई विशेषगरी हार्ड हिटिङका लागि परिचित छन् । उनले यसै वर्ष जनवरीमा आयरल्याण्ड विरुद्ध खेल्दै अफगानिस्तानका लागि ओडीआईमा डेब्यु गरेका थिए । ओमारजाईले एक मात्र ओडीआई खेलेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार