२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने उस्तै

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने उस्तै

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९७ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।

उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । हाल २८ हजार ९११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार