२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ सिद्धार्थनगर उप–प्रमुख सहित पाँच जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

सिद्धार्थनगर उप–प्रमुख सहित पाँच जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा काफ्लेसहित पाँच जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । सोमबार भैरहवास्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरु समाजवादीमा सनाखत गरेका हुन् ।

काफ्लेसहित बुटवल उपमहानगरपालिका वडा नम्बर–२ का वडा सदस्य सुनिल शाक्य, ३ का वडा सदस्य चीनबहादुर गुरुङ, १८ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिका–११ का वडा सदस्य यज्ञेश्वर क्षत्रीले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए ।

स्थानीय निर्वाचनमा काफ्ले नेकपा एमालेबाट सिद्धार्थनगरको उप–प्रमुखमा निर्वाचित भएकी थिइन् । लामो समय एमाले उपमहासचिव घनश्याम भुसालको निकट रहेर काम गरेकी काफ्ले एमाले विभाजनपछि समाजवादीमा लागेकी हुन् ।

काफ्लेले लोकतन्त्र र संविधानको रक्षार्थ तथा जनमतको सम्मान हुने गरी आफूले नेकपा एकीकृत समाजवादी रोकेको बताइन् । पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङले तत्काल केही जनप्रतिनिधिले नेकपा (एस) रोजे पनि २२ गतेसम्म अन्यले पनि सनाखत गर्ने बताए । निर्वाचन आयोगले भदौ २२ गतेसम्म नयाँ दल रोज्न चाहने जनप्रतिनिधिलाई समयसीमा दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार