२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी

काठमाडौँ । १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा सहभागी भएका छन् ।

युनाइटेडमा अनुबन्ध भएपछि उनी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन् ।

रोनाल्डो गत शुक्रबार इंग्ल्यान्ड पुगेका थिए ।  इटालियन क्लब युभेन्ट्सले रिलिज गरेपछि उनी इंग्ल्यान्ड पुगेका हुन् । ३६ वर्षीय रोनाल्डो र युनाइटेडबीच दुई वर्षको सम्झौता भएको छ ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका उनले २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार