२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ जर्मनीको विश्वकप छनोटमा शानदार जित

जर्मनीको विश्वकप छनोटमा शानदार जित

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डविरूद्ध फराकिलो जित निकालेको छ ।

जर्मनीले घरेलु आइसल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे ।

जितसँगै समूह ‘जे’ मा रहेको जर्मनी ६ खेलबाट १५ अंकसहित  शीर्षस्थानमा यथावत छ । पराजित आइसल्यान्ड ४ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार