गृहपृष्ठ बुटवलमा मोटरसाइकल दुर्घटना भई एक युवकको मृत्यु
बुटवलमा मोटरसाइकल दुर्घटना भई एक युवकको मृत्यु
बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।





