२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ नेपालमा घट्दै कोरोना संक्रमण, मृत्युदर पनि घट्यो

नेपालमा घट्दै कोरोना संक्रमण, मृत्युदर पनि घट्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४.९ प्रतिशत रहेको छ । हालसम्म संक्रमणबाट १० हजार ९०३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार