२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ ‘रेड जोन’मा ३८ जिल्ला, १६ जिल्लामा छन् पाँच सयभन्दा बढी संक्रमित

‘रेड जोन’मा ३८ जिल्ला, १६ जिल्लामा छन् पाँच सयभन्दा बढी संक्रमित

काठमाडौं । देशभर हाल १६ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । ७ प्रदेशमा गरी २२ वटा जिल्लामा दुई सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को ३, बागमतीको ७, गण्डकीको ४, लुम्बिनीको १ र कर्णालीको १ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् । प्रदेश १ को मोरङ, सुनसरी र झापा जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ र गोरखा, लुम्बिनीको रुपन्देही, कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १९ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यो सूचीमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, दाङ, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार