२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मौसम अपडेट : देशका केही ठाउँमा हल्का वर्षा यस्तो आगामी तीन दिनको मौसम

मौसम अपडेट : देशका केही ठाउँमा हल्का वर्षा यस्तो आगामी तीन दिनको मौसम

काठमाडौँ । आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने छ । केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक छ ।

अहिले बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समीरकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अब तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावनादेखिएको छैन ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २६ गते (आईतबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार