२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे ।

खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।

यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ ।

अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ ।

बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले इक्वेडरलाई १-० ले हराएको छ ।

पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएको छ ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार