२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मेस्सीले तोडे पेलेको कीर्तिमान

मेस्सीले तोडे पेलेको कीर्तिमान

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन्।

मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

फिफा विश्वकप छनोट अन्तर्गत बोलिभियाविरुद्ध ह्याट्रिक पूरा गर्दै मेस्सीले कीर्तिमान बनाएका हुन्।

विश्व फुटबलको हस्ती पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो ।

तर, मेस्सीले बोलिभियाविरुद्धको ह्याट्रिकसँगै ७९ औं गोल पूरा गर्दै कीर्तिमान तोडेका हुन् ।

मेस्सीले १ सय ५३ खेलमा उक्त कीर्तिमान बनाएका हुन् ।

मेस्सीको ह्याट्रिकसँगै छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हराएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार