२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ अमेरिकाविरुद्ध कुशलको अर्धशतक

अमेरिकाविरुद्ध कुशलको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

अमेरिकाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

कुशलले ६७ बलमा ५० रन पूरा गरेका हुन् । उनले अर्धशतक पूरा गर्न २ चौका र १ छक्का प्रहार गरे ।

एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो पहिलो अर्धशतक हो ।

कुशलको अर्धशतकसँगै नेपालले २ विकेट गुमाएर ९४ रन जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार