२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ नेपालको एकदिवसीय वरीयता सुधार

नेपालको एकदिवसीय वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो ।

एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेको नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो  ।

यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सोमबार अमेरिकालाई हराएको थियो ।

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका  पाँचौं स्थानमा रहेका छन् ।

यस्तै टी-ट्वान्टीमा नेपाल १३ औं स्थानमा रहेको छ ।  नेपालको टी-ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो ।

No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार