२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नाबालक छोराको घाँटी रेटी हत्या गर्ने आमा बुबा रुपन्देही प्रहरी हिरासतमा

नाबालक छोराको घाँटी रेटी हत्या गर्ने आमा बुबा रुपन्देही प्रहरी हिरासतमा

रुपन्देही । आठ महिनाको आफ्नै नाबालक छोरा सुरज मल्लाहलाई घाँटी रेटी मारेको कर्तव्य ज्यान मुद्धामा २ जनालाई म्यादथप पश्चात प्रहरीले हिरासतमा राखेको छ । भदौ २६ गते बिहान करिव १ बजे  रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ६ बस्ने श्रीराम मल्लाह र श्रीमती रेनु मल्लाहले आफ्नै घरको छतमा ८ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाँटी रेटी हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान कार्य अघि बढाएको छ ।
घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरिक्षक रबिन्द्र महतको कमाण्डमा टोली घटनास्थलमा गई घटनास्थलको अनुसन्धान गरी घटनास्थल तथा लाशजाँच मुचल्काको कार्य सम्पन्न गरी मृत लाश पोष्टमार्टमको लागि पठाईएको थियो । घटनास्थलको अबलोकन गर्ने क्रममा मल्लाहको घरको  छतमा आलो रगत जमेको अवस्थामा रहेको थियो ।
मल्लाह र श्रीमती सुत्ने कोठाको टेबुलमा रगत लागेको हसिया, बिस्तरामा तथा स्वीचमा पनि रगत जस्तो रातो पदार्थ लागेको टाटा लागेको अवस्थामा  प्रहरीले फेला परेको थियो । मल्लाहको श्रीमती रेनु मल्लाहको शरिर समेतको खानतलासी गर्ने क्रममा लगाएको साडी भिजेको अवस्थमा रहेको र साडीमा समेत रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेको हुनाले साडी समेत प्रहरीले बरामद गरेको छ ।
प्राप्त प्रमाणको आधारमा सोधपुछ गर्दा मृतक नाबालकका आमा बुबाले हत्या घटना स्वीकार गरेका छन् । घटनामा संलग्न रहेका मल्लाह र श्रीमती रेनु मल्लाहलाई घटनास्थलबाटै पक्राउ गरी अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई २७ गते म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको परिवारमा जग्गा सम्बन्धी दैनिक कलह झै-झगडा हुने गरेको र घटना पनि सोही कारणले घटेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बाँकी थप अनुसन्धान कार्य अगाडी बढिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार