गृहपृष्ठ ओमानविरुद्ध टस जितेर नेपाल पहिला ब्याटिङ गर्दै
ओमानविरुद्ध टस जितेर नेपाल पहिला ब्याटिङ गर्दै
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।
अहिले अपरान्ह सवा चार बजेदेखि शुरुहुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । आज पनि अमेरिकाविरुद्ध खेलेकै टिमले खेल्ने छ ।
नेपालले अमेरिकाविरुद्ध सोमबार जित हात पार्दै सिरिजमा विजयी शुरुवात गरेकाले यस्तै प्रदर्शनको निरन्तरता दिने लक्ष्य लिएको छ । उता घरेलु टोली ओमानमाथी जित दर्ता गर्दै शीर्ष स्थानको तालिकामा अरु २ अंक थप्ने प्रयास गर्ने छ ।
नेपालभन्दा ओमान बलियो टिम भएकाले खेल भने प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
अमेरिकाविरुद्ध नेपाललाई जित दिलाउन मुख्य भूमिका खेलेका कुशल भुर्तेल, रोहित पौडेल, विनोद भण्डारीको ब्याटबाट रनको अपेक्षा गर्दा सन्दीप लामिछाने, बिक्रम सोबको बलिङबाट पनि उस्तै प्रदर्शनको अपेक्षा गरिएको छ ।
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।





