२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ओमानविरुद्ध आसिफको अर्धशतक

ओमानविरुद्ध आसिफको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिमविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

सुरुवातमा ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा आसिफको यो पहिलो अर्धशतक हो ।

आसिफ एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक बनाउने दशौँ नेपाली खेलाडी हुन् ।

उनले ६२ बलमा ५१ रन बनाएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार