गृहपृष्ठ नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ५६२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३७ जना र ११ देखि २० वर्षका १०० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका २९० जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २५९ जना रहेका छन् । ४१ देखि ५० वर्षका १९५, ५१ देखि ६० वर्षका १३९ जना, ६१ देखि ७० का ८९ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ४६ जना, ८० देखि माथिका २१ जना रहेका छन् । ४ जनाको उमेर भने खुल्न सकेको छैन । अहिले देशभर ४५३ जना आईसीयूमा र १३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





