गृहपृष्ठ पत्रकार बिन्दु चौहानको निधन
पत्रकार बिन्दु चौहानको निधन
बुटवल । रुपन्देहीका पत्रकार बिन्दु चौहानको निधन भएको छ । गएराति साढे १२ बजेको समयमा उपचारका क्रममा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)मा निधन भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।
लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान ३ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । अवस्था गम्भिर भएसँगै युसिएमएसमा रिफर गरिएपनि उपचारकै क्रममा निधन भएको हो । चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य समेत हुन् ।
४५ वर्षिय चौहानका श्रीमती, ४ छोरा र ३ छोरि रहेका छन् । उनको अन्तिम संस्कार स्थानीय कोठि नदिमा गरिने पारिवारिक श्रोतले जनाएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले चौहानको निधन प्रति दुखः ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट् गर्दै भनेका छन् – ‘उपचारका लागि अनेक प्रयास गरियो तर बचाउन सकिएन ।
एउटा असल , स्वाभिमानी र निडर सहकर्मीलाई गुमाएका छौं ।सायद यो भन्दा दुःखद क्षण अरु के होला र ? अल बिदा बिन्दु ! तपाईँको भौतिक शरीर हामी माझ नभएपनि तपाईँको लगनशीलता र स्वाभिमानको हामी सबै पत्रकारले सधैँ स्मरण गरिरहने छौं ।’





