गृहपृष्ठ फेरि बढ्यो नेपालमा कोरोना संक्रमण दर, मृत्युदर पनि बढ्यो
फेरि बढ्यो नेपालमा कोरोना संक्रमण दर, मृत्युदर पनि बढ्यो
काठमाडौं,३०,भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।
मंगलबार नेपालमा १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो चौबीस घन्टामा १० हजार २६६ पीसीआर तथा ४ हजार १७७ एन्टिजेन परीक्षण भएको छ ।





