२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा

सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप अटाएका हुन् ।

सन्दीप बलिङ वरीयताको ९१ औं स्थानमा रहेका छन् । सन्दीप पहिलो पटक एकदिवसीयको शीर्ष १०० को वरीयतामा परेका हुन् ।

सन्दीपले एकदिवसीय अन्तराष्ट्रियको १२ खेलमा ३३ विकेट लिईसकेका छन् ।

सन्दीप टी-ट्वान्टी वरीयतामा भने रहदै आएका थिए । सन्दीप टी-ट्वान्टीतर्फ भने ८१ औं स्थानमा झरेका छन् ।

यस्तै टी-ट्वान्टीतर्फ नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।

ब्याटिङ वरीयतामा कुशल ५९ औं स्थानमा छन् । यस अघि उनी ५९ औं स्थानमै रहेका थिए ।

नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता सुधार भएको छ । पारस ८८ औं स्थानमा उक्लिएका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९३ औं स्थानमा उक्लिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार