२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ एसओएस बालग्राम लुम्बिनीद्वारा बाल दिवसको अवसरमा बिभिन्न स्कुले विद्यार्थीहरुलाई पुरस्कार तथा सेवाग्राही भाई–बहिनीहरुलाई ट्याब्लेट तथा नगद पुरस्कार वितरण

एसओएस बालग्राम लुम्बिनीद्वारा बाल दिवसको अवसरमा बिभिन्न स्कुले विद्यार्थीहरुलाई पुरस्कार तथा सेवाग्राही भाई–बहिनीहरुलाई ट्याब्लेट तथा नगद पुरस्कार वितरण

रुपन्देही । एसओएस बालग्राम लुम्बिनीले राष्ट्रिय बाल दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यमा चित्रकला प्रतियोगिताका बिजयी भाई बहिनीहरुलाई नगद रकम पुरस्कार स्वरूप बितरण गरेको छ । राष्ट्रिय बाल दिवस २०७८ सामान्य अवस्था वा कोविड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी मूल नाराका साथ एसओएस बालग्राम लुम्बिनीले कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको संचालन एसओएस बालग्राम लुम्बिनीकि बालअधिकार श्रोत व्यक्ति श्री इन्द्रा कुँवरले गर्नु भएको थियो भने बालग्रामकि नायब निर्देशक श्रीमती ज्योत्सना राणाले अध्यक्षता गर्नु भएको थियो । कक्षा १–५ सम्म समुहको चित्रकला प्रतियोगितामा आर्य पब्लिक मा. विद्यालयको सुप्रियो चौधरी पहिलो र मुनलाईट माध्यमिक बिद्यालयका सायमा चौधरी र आयुषा आले मगर क्रमशः दोस्रो रतेस्रो भएकि छन र सनसाईन माध्यमिक बिद्यालयकि इन्द्रावती पासी सान्तोनामा पर्न सफल भएकि छिन भने कक्षा ६–१० को समुहमा भानु मा.बि कि सल्मा खातुन पहिलो, मनकामना माध्यमिक बिद्यालयकि सेलिना घोताने दोस्रो र नव दुर्गा मा.वि कि सम्झना वि.क. तेस्रो तथा मुनलाईट माध्यमिक विद्यालयकि कसिश अग्रहरी सान्तोनामा पर्न सफल भएकि छन । चित्रकला बिजेताहरु पहिलो हुने लाई नगद रु सात हजार, दोस्रो हुने लाई पांच हजार रतेस्रो हनेलाई रु तिन हजार तथा सान्तोनामा पर्न सफल भएकाहरु लाई रु दुई हजार रुपैयाँ नगद पुरस्कार उप–प्रमुख उमा काफ्ले र एसओएस कि नायब निर्देशक श्री ज्योत्सना राणाले पुरस्कार वितरण गर्नु भएको हो ।
त्यस्तै गरि बाल दिवसकै अवसरमा एसओएस बालग्रामको समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम बाट लाभान्वित भई रहेका १४ वटा विद्यालयका ३२ जना भई बहिनीहरुलाई महामारीको बेलामा अध्ययन गर्न सहज हुनको लागि प्रत्यकलाई एक–एक वटा गरि ३२ वटा ट्याब्लेट वितरण विशिष्ट अतिथिहरुद्वारा वितरण भयो ।

महामारीको बेला मोबाईल वा ट्याब्लेट नहुदा परिवार सबलीकरणका माध्यमिक तहका बिद्यार्थीहरुलाई अध्ययनमा कठिनाईको सामना गर्नु परेको र अब उपरान्त ट्याब्लेट भए पछि अध्ययनमा सहज हुने भनि नायब निर्देशक राणाले व्यक्त गर्नु भयो । साथै महामारीका बेला प्रेरणादायी भूमिका खेलेरा समुदायमा कार्यक्रमको उदेश्य पूर्तिमा अग्रसर भएर सहयोगी भूमिका खेलेर क्रियाशील भएका १० जना भाई–बहिनिहरुलाई परिवार सबलीकरण कार्यक्रमले प्रेरणा स्वरूप प्रतिव्यक्ति रु दुई हजार नगद प्रदान गरेको हो ।

नगर उपप्रमुख काफ्लेले शिक्षा र अतरिक्त क्रियाकलापमा बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न एसओएसलेगरेको योगदान महत्वपूर्ण रहेको बताइन । उनेल धेरै असहाय र जोखिममा रहेका बालबालिकाहरुलाई सहायता गरेर पोषण, शिक्षा र स्वास्थ्यमा एसओएसले योगदानलाई सरहाना गर्नु भयो । बिगत १० बर्षदेखि एसओएस बालग्राम लुम्बिनीले वैकल्पिक स्याहार अन्तर्गत बालबालिकाहरुलाई स्यहार दिदै आई रहेको छ । एसओएसले लुम्बिनी प्रदेश र आवश्यक्ता अनुरुपअन्य प्रदेशका बालबालिकाहरुलाई समेत वैकल्पिक स्याहार मार्फत सेवा दिदै आई रहेको छ ।

एसओएस बालग्रामको वैकल्पिक स्याहार अन्तर्गत हाल ११८ जना बालबालिकाहरु सेवा पाई रहेका छन भने, युवालय मार्फत ७४ र परिवारिक सबलीकरण कार्यक्रम मार्फत ३८३ जना बालबालिकाहरु प्रत्यक्ष लाभान्वित भईरहेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार