२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ लिभरपुल विजयी, एट्लेटिको बराबरीमा रोकियो

लिभरपुल विजयी, एट्लेटिको बराबरीमा रोकियो

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एसी मिलानलाई हराएको छ ।

बुधबार राति लिभरपुलले सिरि ए क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलमा अग्रता लिभरपुलले फिकायो तोमोरीको आत्मघाति गोलबाट लिएको थियो । खेलको १४ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमायो । मोहमद सलाहा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दै मिलान क्लबलाई पहिलो हाफमा २–१ ले अघि बढाएका थिए । तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्किएको थियो ।

सलाहाले गोल गर्दै ४९ औं मिनेटमा खेल बराबरी गरेका थिए । जोर्डन हेन्डरसनले ६९ औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका थिए ।

डिसेम्बर यता हेन्डरसनले पहिलो पटक लिभरपुलका लागि गोल गरेका हुन् ।

समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । एट्लेटिकोले घरेलु मैदानमा पोर्चुगलको पोर्टोसंग निराशाजनक बराबरी खेल्दै अंक बाँडेको हो ।

समूहमा लिभरपुलले ३ अंक जोडेको छ । एट्लेटिको र पोर्टोको समान १ अंक छ । मिलान क्लब अंक विहिन हुँदै पुछारमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार