२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ लोहरौलीमा निशुल्क आँखा शिविर सम्पन्न ६ सय ७० जनाले लिए सेवा

लोहरौलीमा निशुल्क आँखा शिविर सम्पन्न ६ सय ७० जनाले लिए सेवा

ज्ञानेश्वर साहनी, नवलपरासी,0१ असोज । पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं ४ लोहरौली स्थित श्री शिव पार्वती सिद्धधाम मन्दिरमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री शिव पार्वती सिद्धधाम मन्दिर पाल्हिनन्दन ४ को स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ६ सय ७० जनाले सेवा लिएका छन्।

डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,६ सय ७० जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका सचिव राजेशमणि पटेलले भने, ‘उपचार सेवा लिनेमा महिला,पुरुष गरी ६ सय ७० जना रहेका छन् आगामी दिनमा थप सेवा दिन संस्था तयार रहेको बताए।’

शिविरमा उपचार गराएका मध्ये २७० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री शिव पार्वती सिद्धधाम मन्दिर संरक्षण संस्थाका अध्यक्ष रामनरेश पटेलको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ नवलपरासीको उपाध्यक्ष हरीप्रसाद उपाध्ययको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर रमेश राज विष्टको विशिष्ट आथित्यता, आँखा शिविर टोली प्रमूख नेत्र मगर, पत्रकार ज्ञानेश्वर साहनी, विष्णुपुरा प्रहरी चौकीक प्रहरी हवल्दार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार