२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आईपीएल : बैंगलोरविरुद्ध कोलकत्ताको सानदार जित

आईपीएल : बैंगलोरविरुद्ध कोलकत्ताको सानदार जित

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सानदार जित निकालेको छ ।

आबुधाबीमा सोमबार राति कोलकत्ताले बैंगलोरलाई ९ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

कोलकत्ताको जितमा सुबमन गिलले ४८ रन बनाए ।

यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे । आन्द्रे रसेल सुन्य रनमा अविजित रहे ।

बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए ।

ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

यस जितसँगै कोलकत्ताले ८ खेलमा ६ अंक जोडेको छ । कोलकत्ता पाँचौं स्थानमा उक्लिएको छ ।

बैंगलोर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Devdutt Padikkal plays uppishly down the ground, Kolkata Knight Riders vs Royal Challengers Bangalore, IPL 2021, Abu Dhabi, September 20, 2021

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार