२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ गत रातीदेखि परेको अबिरल बर्षाको कारण पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

गत रातीदेखि परेको अबिरल बर्षाको कारण पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

बुटवल । गत रातीदेखि परेको अबिरल बर्षाको कारण पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङगा नगरपालिका ८ तम्घास थुम्का लाईन बस्ने तिलक परियारका छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा २१ वर्षिया भावना परियार, १४ वर्षिया गंगा परियार र जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डले जानकारी दिए।

घर माथीबाट ढुङ्गा माटो सहितको पहिरो आई उक्त घरको बिचको कोठामा सुतिरहेका परियारका छोरिहरु पुरिएका हुन। स्थानिय,नेपाली सेना र नेपाल प्रहरी ससस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शव मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार