गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, ६ जनाले गुमाए ज्यान
पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, ६ जनाले गुमाए ज्यान
काठमाडौं,६,असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ५१ जना र एन्टीजेन विधिबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ ।
हालसम्म संक्रमण भएका ११ हजार ५९ जनाको मृत्यु भएको छ । एक दिनमा १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।





