२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई हराएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले हराएको हो ।

हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।

हैदरावादका खलिल अहमेद र राशिद खानले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए । रिद्दिमान साह र केन विलियम्सनले १८/१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।

यस जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार