२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026

गृहपृष्ठ वर्षा बाधक, पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन

वर्षा बाधक, पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन सकिएको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएको हो ।

खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक पाएको छ ।

पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।

वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

पोखराका विवेक यादव १६ रनमा अविजित रहेका थिए ।

असेला गुणारत्ने २३ रनमा आउट भए ।

भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार