गृहपृष्ठ कोलकातालाई हराएको चेन्नेई आइपीएलको शिर्ष स्थानमाI
कोलकातालाई हराएको चेन्नेई आइपीएलको शिर्ष स्थानमाI
इंन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सले आठौं जित निकालेको छ ।
आइतबार भएको खेलमा चेन्नेईले कोलकाता नाइटराइडर्सलाई दुई विकेटले हरायो । यो जितपछि चेन्नेई तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो । उसका लागि पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
जसमा राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए । यस्तै नितिश रानाले ३७, दिनेश कार्तीकले २६ रनको योगदान गरे भने आन्द्रे रसेलले २० रन जोडे ।
बलिङमा चेन्नेईका जोस हेजलहुड र सारदुल ठाकुरले दुई दुई विकेट लिए ।
जवाफमा चेन्नेईले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७२ रन बनायो ।
उसका लागि रुतुराज गाइकवाडले ४०, फाफ डुप्लिसिसले ४३ तथा मोयन अलीले ३२ रन बनाए । अन्तिममा रविन्द्र जडेजाले ८ बलमा २२ रन बनाउँदै टिमलाई जित दिलाए ।
यो जितपछि चेन्नेईले १० खेलमा आठ जित र दुई हारका साथ १६ अंक बनाएको छ । दोस्रो स्थानको दिल्लीको पनि समान अंक भएपनि रनरेटका आधारमा पछाडी छ ।





