२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ ईपीएल : एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेल हुदै

ईपीएल : एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेल हुदै

काठमाडौं,२० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

चितवन र पोखराबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो ।

चितवन र पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

आज बुधबार नै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । पराजित हुने टिम बाहिरिनेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार