२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा आज थप ७८५ जनामा कोरोना संक्रमण, कहाँ कहाँ थपिए त!

नेपालमा आज थप ७८५ जनामा कोरोना संक्रमण, कहाँ कहाँ थपिए त!

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ जनाको पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२२ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८८८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार