२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ शिक्षा मन्त्रीलाइ शिक्षक महासंघको ध्यानाकर्षण माग पुरा नभए आन्दोलन चर्किन्छ !

शिक्षा मन्त्रीलाइ शिक्षक महासंघको ध्यानाकर्षण माग पुरा नभए आन्दोलन चर्किन्छ !

काठमाडौं,४ कार्तिक ।  नेपाल शिक्षक  महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेललाई भेटि आफ्ना माग बारे ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार गरिएको भेटमा विगतको ३० बुँदे सम्झौता र ३४ सूत्रीय माग बारे स्मरण गराउँदै महासङ्घको आन्दोलन र माग मुद्दाबारे ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षकहरु २०७८ बेशाख २० गतेबाट निरन्तर आन्दोलनमा रहेको र माग पुरा नभए कार्तिक २८ बाट देश भरीकै शिक्षक कर्मचारी काठमाडौंमा उपस्थित भई निर्णायक सडक आन्दालेनको गरिने समेत ध्यानाकर्षण पत्र जानकारी गराएको छ ।

पत्रमा भनिएको छ “२०७५ फागुन ९ गते शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घ बीच भएको महत्वपुर्ण सहमतिका बुँदाहरु आजसम्म कार्यन्वयन भएका छैनन् । यसबाट स्थायी,अस्थायी करार, राहत,बालकक्षा,साविक उच्च मावि लगायतका सबै प्रकारका शिक्षकहरु तथा विद्यालय कर्मचारीको हकमा भएको महत्वपूर्ण सम्झौता त्यसै अलपत्र परेको अवस्था छ ।”

त्यसैगरी स्थायी, राहत, बालकक्षा, साविक उमावि, अस्थायी करार लगायतका सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्याहरु सम्बोधन हुने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन ल्याउन, बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको बढेको तलव उपलब्ध गराउन, कार्यालय सहायक(लेखापाल)का लागि नयाँ तलवमान तोकी अविलम्व उपलब्ध गराउन , बजेटमा भएको निजामति कर्मचारी र शिक्षकहरु विचमा गरिएको विभेद हटाउन, शिक्षकका लागि पनि स्वास्थ्य विमा, दुर्घटना विमा तथा १० दिने भ्रमणकाजको प्रबन्ध गर्न, शिक्षक अस्पतालका विषयलाई वजेट विनियोजन सहित प्रष्ट पार्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै पत्र बुझाएको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

साथै शिक्षकहरुको समस्या र मागको उचित सम्बोधनका लागि अविलम्ब सकारात्मक पहलकदमी तथा निर्णय गर्न आग्रह गर्दे माग सम्बोधन नभए देशभरका सबै शिक्षक कर्मचारी अन्तिम तथा निर्णायक आन्दोलनका लागि तम्तयार अवस्थामा रहेको चेतावनि दिएका छन् ।

हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार