गृहपृष्ठ इसीडी शिक्षकलाइ १५ हजार दिने पालिका कुन हो (हेर्नुहोस्)
इसीडी शिक्षकलाइ १५ हजार दिने पालिका कुन हो (हेर्नुहोस्)
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले मासिक तलब १५ हजार रूपैयाँ पाएका छन् । संघीय सरकारले निर्धारण गरेको ८ हजार रूपैयाँमा स्थानीय सरकारले बाँकी रकम थप गरी १५ हजार रूपैयाँ पुर्याएको हो ।
कालिकोटको रास्कोट नगरपालिकाले इसीडी शिक्षकलाई १६००० मासिक तलब दिएको छ । ओखलढुंगाको मोलुङ गाउँ पालिकाले १५००० हजार दिएको छ भने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पनि शिक्षकलाई तलब दिएको छ ।
त्यसैगरी झापाको बुद्धशान्तिले गाउँपालिकाले पनि इसीडी शिक्षकलाई १५ हजार तलब दिएको छ । नुवाकोटको ककनी गाउँपालिका, तनहुँको भानु नगरपालिका र मोरङको रंगेली नगरपालिकाले पनि मासिक रूपमा १५ हजार तलब दिएका छन् ।
कतिपय पालिकाले शिक्षकलाई तलब दिएका छैनन् भने कतिपयले १२ हजार रूपैयाँ दिएका छन् ।





