गृहपृष्ठ बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन एकसाथ सम्पन्न
बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन एकसाथ सम्पन्न
बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन शनिवार एकसाथ सम्पन्न भएका छन् । एमालेको देशव्यापी वडा अधिवेशनअन्तर्गत बुटवलका १९ वटै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले
वडा नम्बर १ अध्यक्ष रन्जु भट्टराई
वडा नम्बर २ अध्यक्ष सारथी अर्याल
वडा नम्बर ३ अध्यक्ष पदम रिजाल
वडा नम्बर ४ अध्यक्ष निधिराम ज्ञवाली ‘विष्णु’
वडा नम्बर ५ अध्यक्ष कौशलराज पोखरेल
वडा नम्बर ६ अध्यक्ष राजकुमार भट्टराई
वडा नम्बर ७ अध्यक्ष बसुन्धरा भुसाल
वडा नम्बर ८ अध्यक्ष नारायण खनाल ‘लेकाली’
वडा नम्बर ९ अध्यक्ष भोजबहादुर बुढाथोकी
वडा नम्बर १० अध्यक्ष कला केसी
वडा नम्बर ११ अध्यक्ष दिननाथ भट्टराई
वडा नम्बर १२ अध्यक्ष होमबहादुर क्षेत्री
वडा नम्बर १३ अध्यक्ष धुर्ब थापा ‘झविन्द्र’
वडा नम्बर १४ अध्यक्ष कृष्ण भुसाल
वडा नम्बर १५ अध्यक्ष पूर्ण काफ्ले
वडा नम्बर १७ अध्यक्ष सूर्य न्यौपाने
वडा नम्बर १८ अध्यक्ष सागर पंगेनी
वडा नम्बर १९ अध्यक्ष चन्द्रसिंह थापा
चयन भएको एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । वडा नम्बर १६ को सर्वसम्मत बनाउने तयारी भइरहेको पन्थीले जानकारी दिए ।
त्यस्तै हाटबजार शाखामा डोलराज फुल्लेल, लुम्बिनी वाणिज्य क्याम्पस पेशागत शाखातर्फ हिरण्य पन्थी चयन भएका छन् । अधिवेशनमा बोल्दै नेपालीले एमाले विभाजनले पार्टीमा कुनै असर नपरेको भन्दै आउँदो निर्वाचन पार्टीले बहुमत ल्याउने गरी लाग्न कार्यकताहरूलाई निर्देशनात्मक आग्रह गरेका छन् ।





