गृहपृष्ठ पछिल्लो २४ घण्टामा देशभर ७७६ संक्रमण पुस्टि हुँदा, थप यति जनाले गुमाए ज्यान ?
पछिल्लो २४ घण्टामा देशभर ७७६ संक्रमण पुस्टि हुँदा, थप यति जनाले गुमाए ज्यान ?
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ५०१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





