२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ एमाले प्रथम नगर अधिबेशन : देशभर आज एमालेको पालिका अधिवेशन हुदै

एमाले प्रथम नगर अधिबेशन : देशभर आज एमालेको पालिका अधिवेशन हुदै

कात्तिक,९ काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१,उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार